जीतपुरसिमराः गठबन्धनका प्रमुख भन्दा उपप्रमुखको मत बढी


eShilalekh

३१ बैशाख २०७९, शनिबार १६:३१

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । गठबन्धनले अग्रता कायम राख्दै गर्दा प्रमुख भन्दा उपप्रमुख पदकी उम्मेदवारले बढी मत प्राप्त गरेकी छिन् ।

हालसम्म गणना भएको वडा नं. १ र २४ को मतपरिणामअनुसार गठबन्धनको तर्फबाट राजन पौडेलले एक हजार ६८ मत प्राप्त गर्दा उपप्रमुखकी उम्मेदवार मेघा शाहीले एक हजार एक सय २५ मत प्राप्त गरेकी छिन् । शाहीले पौडेल भन्दा ५७ मत बढी प्राप्त गरेकी हुन् ।

यसैगरी लोसपाका संजय साहले सात सय ८६ प्राप्त गर्दा लोसपाकी उम्मेदवार विपी मोक्तानले पाँच सय ८९ मत प्राप्त गरेकी छिन् ।

यता एमालेकी सरस्वतीदेवी चौधरीले पाँच सय ७३ मत प्राप्त गर्दा उपप्रमुख पदका उम्मेदवार पाँच सय ८३ मत प्राप्त गरेका छन् । उपप्रमुख पदका उम्मेदवार अधिकारीले पनि चौधरी भन्दा १० मत बढी प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्