निजगढमा एमालेको अग्रता, गठबन्धन पछाडी


eShilalekh

३१ बैशाख २०७९, शनिबार १६:४१

सिमराः निजगढ नगरपालिकामा नेकपा एमालेका उम्मेदवार सुरथ पुरीले अग्रता लिएका छन् । करिब तीन सय मत गणना हुँदा एमालेका प्रमुख र उपप्रमुख पदका उम्मेदवार अगाडी देखिएका हुन् ।

हालसम्मको मतपरिणाम अनुसार एमालेका उम्मेदवार पुरीले एक सय ६७ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार सुरेश खनालले एक सय २५ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुख पदमा एमालेकी उम्मेदवार सोममाया थि»ले एक सय ६५ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार रविराज दंगालले एक सय २३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्