स्कुटर दुर्घटनामा पूर्व प्रदेश सांसद सुन्दर विक घाइते


eShilalekh

५ जेष्ठ २०८३, मंगलवार १२:५६

सिमराः मधेश प्रदेशसभाका पूर्व सदस्य तथा नेकपा एमालेका प्रदेश सचिवालय सदस्य सुन्दर विश्वकर्मा स्कुटर दुर्घटनामा परी घाइते भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहस्थित दुधौरा पुलमा विकले चलाएको स्कुटर दुर्घटना भएको हो ।

दुर्घटनामा विकको दाहिने खुट्टामा चोट लागेको परिवारले जनाएका छन् । विकका छोरा अनिल विश्वकर्माका अनुसार दाहिने खुट्टा भाच्चिएको छ ।

विकको जीतपुरसिमरा नगर अस्पतालमा उपचार भईरहेको र थप उपचारका लागि वीरगन्ज लैजान लागिएको परिवारले जनाएको छ ।

विक मधेस प्रदेशसभाका पूर्व सदस्य हुन् । उनी २०७४ सालको प्रदेशसभा निर्वाचनमा बारा निर्वाचन क्षेत्र ४(१) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । हाल उनी एमालेको प्रदेश सचिवालय सदस्यको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्