सडक ढलानको भिडियो खिचिरहेका युवामाथि वडाध्यक्षद्वारा हातपात


eShilalekh

६ जेष्ठ २०८३, बुधबार १४:३९

सिमराः बाराको परवानीपुर गाउँपालिका ५ बहुवरीमा सडक ढलान निर्माण कार्यको भिडियो खिचिरहेका स्थानीय युवामाथि वडाध्यक्षले हातपात गरेको घटना सार्वजनिक भएको छ ।

स्थानीयका अनुसार बहुवरी क्षेत्रमा सडक ढलानको काम गुणस्तरहीन भइरहेको भन्दै केही युवाहरूले भिडियो खिचिरहेका थिए। सोही क्रममा वडा नं. ५ का वडाध्यक्ष रामेश्वर प्रसाद साह कलवारले युवाहरूमाथि दुर्व्यवहार गर्दै हातपात गरेको आरोप लागेको हो ।

हातपातको उक्त भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल बनिरहेको छ । स्थानीयहरूले निर्माण कार्यको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

यस घटनाबारे वडाध्यक्ष कलवारले प्रतिक्रिया दिएका छैनन् । स्थानीय प्रशासन तथा सम्बन्धित निकायले घटनाको सत्यतथ्य बुझी आवश्यक प्रक्रिया अघि बढाउन स्थानीयवासीले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्