जीतपुरसिमरा २४ मा कांग्रेसका अंसारी विजयी


eShilalekh

३१ बैशाख २०७९, शनिबार १६:५६

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २४ मा नेपाली कांग्रेसका सुलतान अंसारी बिजयी भएका छन् ।

निकटतम प्रतिद्धन्दी लोसपका कलामुदिन अंसारीलाई ५० मतले पराजित गर्दै कांग्रेसका अंसारी बिजयी भएका हुन् ।

अंसारीका निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक समाजवादी पार्टीका कलामुदिन मिया अंसारीले ६ सय ३७ मत प्राप्त गरेका छन् ।मतपरिणाम अनुसार एमालेका सेराजुल अंसारीले सेराजुल अंसारीले तीन सय २२ मत प्राप्त गरेका छन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेले जीत हात पारेको उक्त वडामा यसपटक कांग्रेसका उम्मेदवार बिजयी भएका हुन् । अंसारीलाई नेकपा माओवादी केन्द्रले समर्थन गरेको थियो ।

उक्त वडामा एमालेकी लालमुनि देवी ठाकुर यसअघि नै निर्विरोध निर्वाचित भईसकेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्