सिराहामा लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ


eShilalekh

७ जेष्ठ २०८३, बिहीबार ११:३४

सिराहाः सिराहा प्रहरीले सिराहा–चोहर्वा सडकखण्ड अन्तर्गत विष्णुपुर गाउँपालिका १ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा औरही गाउँपालिका ४ का ३२ वर्षीय रामउदगार यादव, सिराहा नगरपालिका २२ का ३६ वर्षीय राम बिलेक्षण यादव र भारत विहारको मधुवनी ग्राम पञ्चायत खाजेडी ५ का अन्दाजी २१ वर्षीय चन्दन कामती रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्यूरो गोलबजार र इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सिराहाबाट काठमाडौँ जाँदै गरेको बा.प्र.०३–००१ ख ३५३७ नम्बरको यात्रुवाहक बसलाई रोकी जाँच गरेको थियो ।

जाँचका क्रममा रामउदगारको साथबाट २६ ग्राम एक सय ८० मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए । उनीहरूको साथबाट एक थान डिजीटल तराजुसमेत बरामद भएको हो ।

पक्राउ परेकाहरूलाई जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्