बकर ईदको अवसरमा जेठ १४ गते देशभर सार्वजनिक बिदा


eShilalekh

८ जेष्ठ २०८३, शुक्रबार १६:२२

सिमराः सरकारले आगामी जेठ १४ गते बिहीबारका दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद (ईद-उल-अजहा) को पावन अवसरमा सरकारले उक्त दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्ति अनुसार मुस्लिम आयोगबाट जेठ १४ गते बकर ईद परेको आधिकारिक जानकारी प्राप्त भएपछि सरकारले सोही दिन बिदा दिने व्यवस्था मिलाएको हो।

नेपाल राजपत्रमा प्रकाशित पूर्व सूचना बमोजिम नै यस पर्वका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको गृह मन्त्रालयले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्