मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले पाए विश्वासको मत


eShilalekh

८ जेष्ठ २०८३, शुक्रबार १८:५७

जनकपुरधामः मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् ।

जनमत पार्टी प्रदेश सरकारबाट बाहिरिएपछि विकसित राजनीतिक घटनाक्रमका बीच मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक आह्वान गर्न आग्रह गरेका थिए ।

प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ६२ मत परेको थियो भने विपक्षमा ३६ मत परेको थियो । बैठकमा कुल १०० जना सांसदहरुको उपस्थिति रहेको थियो ।

प्रदेश सभामा उपस्थित संख्याको दुई तिहाई भन्दा बढी मत प्राप्त गर्दै मुख्यमन्त्री यादवले आफ्नो पदलाई सुरक्षित राख्न सफल भएका हुन् ।
मुख्यमन्त्री यादवको पक्षमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेपाली संघीय समाजवादी पार्टीले मतदान गरेका थिए ।

अर्कोतर्फ सरकारबाट बाहिरिएको जनमत पार्टी, जसपा नेपाल र राप्रपाले भने विपक्षमा मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्