हावाहुरीका कारण टांगियाबस्तीमा विद्युत अवरोध


eShilalekh

१० जेष्ठ २०८३, आईतवार १५:५१

सिमराः शनिबार साँझ आएको भीषण हावाहुरीले जीतपुरसिमरा उपमहानगरपालिका १६ टांगियाबस्तीमा विद्युत सेवा अवरुद्ध भएको छ । हुरीका कारण विद्युतीकरण गरिएको पोलहरु ढलेपछि सेवा अवरुद्ध भएको हो ।

सेवा अवरुद्ध हुँदा स्थानीयलाई पिउने पानीको समस्या हुन थालेको छ । विद्युतका कारण बोरिङ नचलेपछि पिउने पानीको समस्या भएको स्थानीय रमेश सापकोटाले बताए ।

सापकोटाका अनुसार टांगियाबस्तीमा पाँच वटा पोल ढलेका छन् । जसका कारण उक्त बस्तीमा विद्युत आपूर्ति रोकिन पुगेको छ । हावाहुरीले टांगियाबस्तीमा केही रुखहरु ढलेको र केही स्थानीयको बालीमा समेत क्षति पुर्याएको सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्