जीतपुरसिमरा २ मा एमालेको अग्रता, मतगणना जारी


eShilalekh

३१ बैशाख २०७९, शनिबार १९:५२

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ मा नेकपा एमालेले अग्रता लिएको छ । वडा नं. २ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मतदान केन्द्रमा खसेको एक हजार दुई ८१ मतमध्ये चार सय ९४ मत गणना हुँदा एमालेका उम्मेदवार धनबहादुर श्रेष्ठले ९७ मतले अग्रता लिएका हुन् ।

श्रेष्ठले दुई सय २१ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका तिलकबहादुर श्रेष्ठले एक सय २४ मत पाएका छन् । माओवादी केन्द्रका श्रेष्ठ दोस्रो स्थानमा छन् ।

वडाध्यक्ष पदमै नेपाली कांग्रेसका उम्मेदवार विजय बोम्जनले ९४ मत प्राप्त गरेका छन् । यसैगरी लोसपाका उम्मेदवार नेत्रबहादुर श्रेष्ठले २७ र राप्रपाका उम्मेदवार यादव अधिकारीले २१ प्राप्त गरेका छन् ।

प्रमुख र उपप्रमुखमा गठबन्धन अगाडी

वडा नं. २ को जारी मतगणनाको परिणाम अनुसार प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

गठबन्धनका राजन पौडेलले दुई सय २० मत प्राप्त गर्दा एमालेकी सरस्वती चौधरीले दुई सय ६ मत प्राप्त गरेकी छिन् । यसैगरी उपप्रमुख पदमा गठबन्धनकी मेघा शाहीले दुई सय आठ मत प्राप्त गरेका छन् भने एमालेका उपप्रमुख उम्मेदवार भोला अधिकारीले दुई सय सात मत प्राप्त गरेका छन् ।

वडा नं. २ मा जारी मतगणनाको विवरणः
नेकपा एमाले
प्रमुखः २०६
उपप्रमुखः २०७
वडाध्यक्षः २२१
महिला सदस्यः २१६
दलित महिला सदस्यः २१३
खुल्ला सदस्यः २१३
खुल्ला सदस्यः २०७

गठबन्धन
प्रमुख (माओवादी): २२०
उपप्रमुख (कांग्रेस): २०८

नेकपा माओवादी केन्द्र
वडाध्यक्षः १२४
महिला सदस्यः १२६
दलित महिला सदस्यः १२९
खुल्ला सदस्य : १२७
खुल्ला सदस्यः १२०

नेपाली कांग्रेस
वडाध्यक्ष : ९४
महिला सदस्य : ८९
दलित महिला सदस्य : ८७
खुल्ला सदस्य : ९४
खुल्ला सदस्य : ८९

राप्रपा
प्रमुखः २१
उपप्रमुखः २४
वडाध्यक्षः २१
महिला सदस्यः २७
दलित महिला सदस्यः ३०
खुल्ला सदस्य : २७
खुल्ला सदस्यः ३१

लोसपा
प्रमुखः २७
उपप्रमुखः २८
वडाध्यक्षः २६
महिला सदस्यः ३०
दलित महिला सदस्यः २६
खुल्ला सदस्य: २६
खुल्ला सदस्यः २८

प्रतिक्रिया दिनुहोस्