बसको ठक्करबाट जलेश्वरमा पैदल यात्रुको मृत्यु


eShilalekh

११ जेष्ठ २०८३, सोमबार १५:२९

जलेश्वरः महोत्तरीको सदरमुकाम जलेश्वरमा सोमबार यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा जलेश्वर नगरपालिका ६ बस्ने ७५ वर्षीय वृद्ध चन्देश्वर साह रहेका छन् ।

जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ४७५८ नम्बरको बसले जलेश्वर नगरपालिका २ स्थित मटिहानी चोकमा पैदल हिँडिरहेका साहलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका साहको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिए ।

दुर्घटना लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले बस र चालक पिपरा गाउँपालिका ९ अलिपट्टि बस्ने चालक सत्यनारायण यादवलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्