रौतहटमा हावाहुरीले घर भत्किँदा एक महिलाको मृत्यु

सिमराः रौतहटमा आएको हावाहुरीका कारण घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको वृन्दावन नगरपालिका ७ धमौराटोल निवासी ३५ वर्षीया फूलकुमारी देवी रहेकी छिन् ।
सोमबार साँझ आएको हावाहुरीले घर भत्किएर थिचिँदा फूलकुमारी गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा राति गरुडास्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी रोहितकुमार शर्मा बढईले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार हावाहुरीका कारण टायलको छानो र बाँसको बारले बनेको कच्ची घर भत्किएको थियो । घटनापछि स्थानीयवासी र प्रहरीले उद्धार गरी उनलाई उपचारका लागि अस्पताल पुर्याएका थिए ।






