निजगढ नगरपालिकामा एमालेको अग्रता कायम


eShilalekh

३१ बैशाख २०७९, शनिबार २०:१३

सिमरा: निजगढ नगरपालिकामा एमालेले अग्रता कायम राखेको छ । वडा नंं १३ को प्रारम्भिक मतपरिणाम अनुसार नौ सय गणना हुँदा एमालेका नगर प्रमुख उम्मेदवार उम्मेदवार सुरथ पुरी र उपप्रमुख सोममाया थिङले अग्रता लिएका हुन् ।

एमालेका नगर प्रमुख पदका उम्मेदवार पुरीले ४ सय ६८ मत प्राप्त गर्दा उपप्रमुख उम्मेदवार थिङले चार सय ६९ मत प्राप्त गरेकी छिन् । यसैगरी गठबन्धनको तर्फका उम्मेदवार सुरेश कुमार खनालले चार सय २४ र रविराज दंगालले चार सय २२ मत प्राप्त गरेका छन ।

उक्त वडाको वडाध्यक्ष पदमा पनि एमालेका एम्मेदवारले अग्रता लिएका छन् । एमालेको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार कमानसिंह थिङले ४ सय ६७ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार सुर्य घलानले ४ सय २९ मत प्राप्त गरेको निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्