रौतहट सवारी दुर्घटनाः मृतकको पहिचान खुल्यो


eShilalekh

१३ जेष्ठ २०८३, बुधबार १५:३९

रौतहटः रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा भएको सवारी दुर्घटनामा मृत्यु भएका मोटरसाइकल चालकको पहिचान खुलेको छ ।

मृतक रौतहटको चन्द्रपुर नगरपालिका १ पौराईका २६ बर्षीय शेख गुलाम रहेको प्रहरीले जनाएको छ ।

राजविराजबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ७२४८ नम्बरको यात्रुबाहक बसले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना २५ प १०८० नम्बरको मोटरसाइकल सवार गुलामलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

दुबै सवारी र बस चालक जिल्ला मकवानपुर गढी गाउँपालिका ३ का अन्दाजी ५९ वर्षीय लक्ष्मीभक्त ओझालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय चपुरमा र मोटरसाइकल चालकको शव सरकारी अस्पताल चन्द्रनिगाहपुरमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्