सटपुटमा बारालाई दुई स्वर्ण


eShilalekh

१४ जेष्ठ २०८३, बिहीबार १०:२१

सिमरा: मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताअन्तर्गत सटपुटमा बाराले दुई स्वर्ण पदक जितेको छ । छात्र र छात्रा दुवै स्पर्धामा बाराका खेलाडी विजयी बनेका हुन् ।

छात्रतर्फ बारा जीतपुरसिमराका निशान परियाले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हात पारे । धनुषाका आकाश पासवान दोस्रो तथा सर्लाहीका आदित्य चौधरी तेस्रो भए ।

यस्तै छात्रातर्फ बाराको निजगढकी अरुणिमा घिमिरे प्रथम हुँदै स्वर्ण जित्न सफल भइन् । उक्त स्पर्धामा सर्लाहीकी ग्याल्मामाया थोकर दोस्रो तथा महोत्तरीकी माया आले तेस्रो भईन् ।

प्रतिक्रिया दिनुहोस्