जीतपुरसिमरामा नगर सभाको चौधौं अधिवेशन जेठ २४ गते बस्ने


eShilalekh

१५ जेष्ठ २०८३, शुक्रबार १६:१४

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले नगर सभाको चौधौं अधिवेशन आह्वान गरेको छ । उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै आगामी जेठ २४ गते आइतबार नगर सभाको पहिलो बैठक बस्ने जनाएको हो ।

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार आह्वान गरिएको अधिवेशन सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिकको सभाहलमा बस्ने सूचनामा उल्लेख छ ।

सभामा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पेश, छलफल तथा निर्णय गरिने कार्यसूची रहेको छ । साथै विभिन्न स्थानीय ऐनहरुको संशोधन विधेयक पेश गरिने प्रमुख प्रशासकीय अधिकृत डमरु प्रसाद निरौलाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्