जीतपुरसिमरा २३ मा एमालेले खाता खोल्यो, अंसारीसहित प्यानल विजयी


eShilalekh

३१ बैशाख २०७९, शनिबार २१:४९

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २३ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार मुस्तकिम अंसारीसहित प्यानल बिजयी भएको छ ।

अंसारी सात सय ८२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक समाजवादी पार्टीका असलम देवानले चार सय ८९ मत प्राप्त गरेका छन् । दुई सय ९२ मतको फराकिलो मतान्तरसहित अंसारी बिजयी भएका हुन् । अघिल्लो स्थानीय तह निर्वाचनमा अंसारी देवानसंग पराजित भएका थिए ।

यसैगरी उक्त वडामा नेकपा एमालेको सबै सदस्य बिजयी भएका छन् । निर्वाचित हुनेमा महिला सदस्य आवदा खातुन मंसुरी, दलित महिला सदस्य माला देवी मेस्तर, सदस्यमा अफताफ आलम र मिरहसन मियाँ मंसुरी रहेका छन् ।

प्रमुख र उपप्रमुखमा गठबन्धन भन्दा एमालेको मत बढी
वडा नं. २३ को मतपरिणाम अनुसार उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुख नेकपा एमालेका उम्मेदवारले बढी मत प्राप्त गरेका छन् ।

एमालेको तर्फबाट प्रमुख पदकी उम्मेदवार सरस्वतीदेवी चौधरीले ६ सय ५५ मत प्राप्त गर्दा गठबन्धनका राजन पौडेलले एक सय ९९ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा एमालेका भोलाप्रसाद अधिकारीले सात सय १२ मत प्राप्त गर्दा गठबन्धनकी उपप्रमुख उम्मेदवार मेघा शाहीले ६२ मत प्राप्त गरिन् ।

उक्त परिणामले गठबन्धन र एमालेबीचको फराकिलो मतान्तरलाई कम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्