रास्वपा जीतपुरसिमरा अधिवेशनः ३३ मध्ये १५ जनाको उम्मेदवारी सदर


eShilalekh

१७ जेष्ठ २०८३, आईतवार १८:२०

सिमराः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जीतपुरसिमरा नगर कार्यसमितिका लागि उम्मेदवारी दिएका ३३ जनामध्ये १५ जनाको उम्मेदवारी सदर भएको छ । सिमरामा जारी प्रथम अधिवेशन अन्तर्गत मनोनयन गराएका ३३ मध्ये निर्वाचन मापदण्ड अनुसार १५ जनाको उम्मेदवारी सदर भएको निर्वाचन समिति प्रमुख सजना उप्रेतीले जानकारी दिएकी छिन् ।

नामावली अनुसार सभापतिमा वर्तमान अध्यक्ष सुरेशराज केसी र क्षेत्र नं. ४ का क्षेत्रीय सभापति युवराज न्यौपानेको उम्मेदवारी सदर भएको छ । यसैगरी उपसभापतिमा कविता चौधरी र सुशिला कार्कीले उम्मेदवारी दिएका छन् ।

सचिव पदमा अमृत बस्यालको मात्रै उम्मेदवारी सदर भएको छ । उक्त पदका लागि उम्मेदवारी दिएका निरोज पुडासैनी र शाही किरण मैनालीको मनोनयनलाई रद्ध गरिएको छ । यसैगरी सहसचिवमा नारायण उप्रेतीको मात्रै उम्मेदवारी परेको छ ।

सदस्य पदका लागि उम्मेदवारी दिएका २५ जनामध्ये ९ जनाको उम्मेदवारी सदर भएको छ । सदस्यमा इन्दिरा दाहाल, रामबाबु साह, दुर्गा पौडेल, सराजुल हक, सुभाष थापा, मुकेश साह कलवार, मजिबु रहमान अंसारी, मालती भट्टराई र उषा बुढाथोकी प्रसाईंको उम्मेदवारी सदर भएको छ ।

प्रकाशित नामावलीबाट नाम फिर्ता लिन चाहनेका लागि साँझ ७ बजेसम्मको समय दिइएको छ । नाम फिर्ता नभए साँझ ७ः१५ मा अन्तिम नामावली प्रकाशन गरिने र एउटा पदमा दोहोरो उम्मेदवारी कायम भए सोमबार बिहान निर्वाचन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्