बारा जिल्ला क्रिकेट संघको अध्यक्षमा चौरसिया चयन


eShilalekh

३० जेष्ठ २०८३, शनिबार १८:२८

सिमरा: नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गत बारा जिल्ला क्रिकेट संघको अध्यक्षमा प्रभातकुमार चौरसिया चयन भएका छन् । संघको शनिबार कलैयामा सम्पन्न सातौं वार्षिक साधारणसभाले चौरसियालाई पुन: अध्यक्षमा निरन्तरता दिदै १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा दिनेश श्रेष्ठ, सचिवमा सुभाष जयसवाल, कोषाध्यक्षमा जितेन्द्र यादव चयन भएका छन् । कार्यसमितिको सदस्यमा पवनकुमार अग्रवाल, अनिलकुमार चौगाईं, समीर ठाकुर, गणेश साह, महमद सविर, तसुरिदिन मिया मन्सुर, समीर क्षेत्री, मुकेश उपाध्याय, दीपेश श्रेष्ठ र जराशंकर सर्राफलाई चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्