जीतपुरसिमरा २ मा श्रेष्ठलाई ६ सय भन्दा बढीको अग्रता


eShilalekh

१ जेष्ठ २०७९, आईतवार १८:३९

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका २ मा नेकपा एमालेका उम्मेदवार धनबहादुर श्रेष्ठ ६ सय ४१ को फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेका छन् ।

कुल दुई हजार सात सय मतगणना हुँदा श्रेष्ठले एक हजार दुई सय १९ मत प्राप्त गर्दै अग्र स्थानमा छन् । दोस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार तिलकबहादुर श्रेष्ठ निकै पछि देखिएका छन् । श्रेष्ठले पाँच सय ७८ मत प्राप्त गरेका छन् ।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार विजय बम्जनले चार सय ७४ मत प्राप्त गरेका छन् ।

गठबन्धनका प्रमुख र उपप्रमुखलाई अग्रता

जीतपुरसिमरा उपमहानगरपालिका २ को हालसम्म गणना भएको दुई हजार सात सय मतमा गठबन्धनको तर्फबाट प्रमुख पदका उम्मेदवार राजन पौडेलले एक हजार एक सय ६३ मत प्राप्त गरेका छन् भने एमालेकी सरस्वतीदेवी चौधरीले आठ सय २५ मत पाएकी छिन् ।

यसैगरी उपप्रमुखमा गठबन्धनकी उम्मेदवार मेघा शाहीले नौ सय ८४ र एमालेका उम्मेदवार भोलाप्रसाद अधिकारीले समान नौ सय २४ मत प्राप्त गरेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ हालसम्म गणना भएको मतपरिणामः
नेकपा एमाले
प्रमुखः ८२५
उपप्रमुखः ९२४
वडाध्यक्षः १२१९
महिला सदस्यः ९७७
दलित महिला सदस्यः ९८९
खुल्ला सदस्यः ९५३
खुल्ला सदस्यः ९५४

गठबन्धन
प्रमुख (माओवादी): ११६३
उपप्रमुख (कांग्रेस): ९८४

नेकपा माओवादी केन्द्र
वडाध्यक्षः ५७८
महिला सदस्यः ६७२
दलित महिला सदस्यः ६२८
खुल्ला सदस्यः ५८२
खुल्ला सदस्यः ५३४

नेपाली कांग्रेस
वडाध्यक्षः ४७४
महिला सदस्यः ४४३
दलित महिला सदस्यः ४४१
खुल्ला सदस्यः ५१३
खुल्ला सदस्यः ४८८

राष्ट्रिय प्रजातन्त्र पार्टी
प्रमुखः १५६
उपप्रमुखः १८२
वडाध्यक्षः ११७
महिला सदस्यः १६८
दलित महिला सदस्यः १९४
खुल्ला सदस्यः १९३
खुल्ला सदस्यः २३१

लोकतान्त्रिक समाजवादी पार्टी
प्रमुखः १४५
उपप्रमुखः १४६
वडाध्यक्षः १०७
महिला सदस्यः १६७
दलित महिला सदस्यः १२१
खुल्ला सदस्यः १२४
खुल्ला सदस्यः १३४

प्रतिक्रिया दिनुहोस्