जीतपुरसिमरा २१ मा एमालेको अग्रता कायम, दोस्रोमा माओवादी


eShilalekh

१ जेष्ठ २०७९, आईतवार १८:४९

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमालेको वडाध्यक्षका उम्मेदवार सुवास श्रेष्ठले अग्रता कायम राखेका छन् ।
वडाको जारी गणनाको पछिल्लो मतपरिणाम अनुसार श्रेष्ठ तीन सय ६३ मत ल्याउदै अग्रस्थानमा रहेका हुन् । दोस्रो स्थानमा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर ठकुरीले तीन सय १२ मत प्राप्त गरेका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका मुन्नेकाजी मगरले दुई सय ८४ मत प्राप्त गरेका छन् भने एकिकृत समाजवादीका बिकास साहले एक सय १३ मत प्राप्त गरेका छन् ।

वडाध्यक्ष पदको मतपरिणामः
एमालेः ३६३
माओवादीः ३१२
राप्रपाः २८४
नेकपा एसः ११३

प्रतिक्रिया दिनुहोस्