नव जनजागृति युवा क्लब करैयामाई गोल्डकपको सेमिफाइनलमा प्रवेश

सिमराः सिमराको नव जनजागृति युवा क्लब तेस्रो करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा रौतहटविरुद्ध ३-० को जित निकाल्दै नव जनजागृति अन्तिम चारमा प्रवेश गरेको हो ।
नव जनजागृतिको जीतमा विकास दर्लामीले दुई र विक्रम थोकरले एक गोल गरे । विक्रम खेलको प्लेयर अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत बुधबार नव जन प्रगति युवा क्लब करैयामाई र हेटौडा फुटबल एकेडेमी मकवानपुरबीच हुनेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।







