जीतपुरसिमरा २ मा एमालेका श्रेष्ठको प्यानल फराकिलो मतले विजयी


eShilalekh

१ जेष्ठ २०७९, आईतवार २३:३८

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका २ मा नेकपा एमालेका उम्मेदवार धनबहादुर श्रेष्ठको प्यानल फराकिलो मतले विजयी भएको छ ।

वडा नं. २ को अन्तिम मत परिणाम अनुसार एमालेका उम्मेदवार श्रेष्ठ आठ सय ९० को मतान्तरसहित विजयी भएका हुन् । श्रेष्ठले एक हजार ६ सय ४४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका तिलकबहादुर श्रेष्ठले सात सय ५४ मत पाएका छन् ।

माओवादीका उम्मेदवार श्रेष्ठ निवर्तमान वडाध्यक्ष हुन् । उनि अघिल्लो स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित हुँदा एमालेका उम्मेदवार श्रेष्ठ वडा सदस्यमा विजयी भएका थिए ।

यसैगरी नेपाली कांग्रेसका विजय बोम्जनले ६ सय १७ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार नेत्रबहादुर श्रेष्ठले एक सय ३७ मत पाएका छन् । राप्रपाका उम्मेदवार यादव अधिकारीले एक सय २६ मत प्राप्त गरेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ अन्तिम मतपरिणामः
नेकपा एमाले
प्रमुखः १०२०
उपप्रमुखः ११५२
वडाध्यक्षः १६४४
महिला सदस्यः १२१४
दलित महिला सदस्यः १२९६
खुल्ला सदस्यः ११९७
खुल्ला सदस्यः १२०६

गठबन्धन
प्रमुख (माओवादी): १५७२
उपप्रमुख (कांग्रेस): १२६६

नेकपा माओवादी केन्द्र
वडाध्यक्षः ७५४
महिला सदस्यः ९०३
दलित महिला सदस्यः ८२८
खुल्ला सदस्यः ९४९
खुल्ला सदस्यः ६९५

नेपाली कांग्रेस
वडाध्यक्षः ६१७
महिला सदस्यः ५७५
दलित महिला सदस्यः ५७८
खुल्ला सदस्यः ७२२
खुल्ला सदस्यः ६८९

राष्ट्रिय प्रजातन्त्र पार्टी
प्रमुखः २१४
उपप्रमुखः २५२
वडाध्यक्षः १२६
महिला सदस्यः २२४
दलित महिला सदस्यः २०७
खुल्ला सदस्यः २७२
खुल्ला सदस्यः २६९

लोकतान्त्रिक समाजवादी पार्टी
प्रमुखः १८१
उपप्रमुखः १९१
वडाध्यक्षः १३७
महिला सदस्यः २१६
दलित महिला सदस्यः १५०
खुल्ला सदस्यः १५२
खुल्ला सदस्यः १७६

प्रतिक्रिया दिनुहोस्