बारामा बर्ड फ्लु नियन्त्रणमा


eShilalekh

११ असार २०८३, बिहीबार १४:१८

सिमराः बारामा देखिएको बर्ड फ्लु नियन्त्रणमा आएको छ । पुश सेवा विभागले बारामा बर्ड फ्लु नियन्त्रणमा आएको जनाएको हो ।

गत चैत महिना यता बारासहित ११ जिल्लामा बर्ड फ्लुको संक्रमण देखिएको थियो । संक्रमण देखिएका जिल्लामा बारा, महोत्तरी, चितवन, नवलपरासी, झापा, मोरङ, सुनसरी, काभ्रेपलान्चोक, काठमाडौं, भक्तपुर र ललितपुर रहेका थिए ।

जसमध्ये काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेपलान्चोकबाहेक अन्य सात जिल्लामा बर्ड फ्लुको संक्रमण नियन्त्रणमा आएको विभागका महानिर्देशक डा. उमेश दाहालले जनाएका छन् ।

महामारी फैलिन नदिन हालसम्म देशैभरि बर्ड फ्लु प्रभावित करिब पाँच लाख ७० हजार, १० लाख अण्डा र एक लाख १५ हजार किलो दाना नष्ट गरिएको विभागको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्