जीतपुरसिमरा ३ मा एमालेका उम्मेदवार कार्कीको प्यानल विजयी


eShilalekh

२ जेष्ठ २०७९, सोमबार ००:५४

सिमराः गठबन्धनको तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार राजन पौडेलको वडामा एमालेको प्यानल विजयी भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका ३ मा एमालेका उम्मेदवार ताराबहादुर कार्कीको प्यानल विजयी भएको हो । कार्की ६ सय ४५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार दिनेश सुवेदीले ५८३ मत प्राप्त गरे । कार्की ५२ मतको मतान्तरले विजयी भएका हुन् ।

यसैगरी नेकपा माओवादी केन्द्रका वडाध्यक्ष जगन्नाथ घिमिरेले तीन सय दुई मत प्राप्त गरेका छन् । घिमिरेले अघिल्लो स्थानीय तह निर्वाचनमा निर्वाचित भएका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ को अन्तिम मतपरिणामः
नेकपा एमाले
प्रमुखः ५०३
उपप्रमुखः ६३५
वडाध्यक्षः ६४५
महिला सदस्यः ६७३
दलित महिला सदस्यः ६८९
खुल्ला सदस्यः ५८५
खुल्ला सदस्यः ५८६

गठबन्धन
प्रमुख (माओवादी): ९८७
उपप्रमुख (कांग्रेस): ६५४

नेपाली कांग्रेस
वडाध्यक्षः ५९३
महिला सदस्यः ३९०
दलित महिला सदस्यः ३७४
खुल्ला सदस्यः ३४१
खुल्ला सदस्यः ३४१

नेकपा माओवादी केन्द्र
वडाध्यक्षः ३०२
महिला सदस्यः ३९८
दलित महिला सदस्यः ४०५
खुल्ला सदस्यः ४४३
खुल्ला सदस्यः ५२७

प्रतिक्रिया दिनुहोस्