जीतपुरसिमरामा माओवादीको खाता खुल्यो, वडाध्यक्षमा खत्री विजयी


eShilalekh

२ जेष्ठ २०७९, सोमबार १०:२३

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार भोजबहादुर खत्री (ईश्वर) विजयी भएका छन् ।

जीतपुरसिमरामा माओवादीको खाता खोल्ने क्रममा खत्री नौ सय २४ मत ल्याउदै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका भागवत चौधरीले पाँच सय ६३ मत प्राप्त गरे । नेपाली कांग्रेसका विनोद सापकोटाले पाँच सय तीन मत प्राप्त गरेका छन् ।

खत्रीले तीन सय ६१ मतको फराकिलो जित हात पार्दा उनको प्यानलको अन्य तीन उम्मेदवार सदस्यमा निर्वाचित भए भने एमालेका एक उम्मेदवार विजयी भए ।

उक्त वडाबाट माओवादी केन्द्रको महिला सदस्य पदकी उम्मेदवार उर्मिला भट्ट, दलित महिला सदस्य पदकी उम्मेदवार पवित्रा परियार, सदस्य पदका उम्मेदवार अमर श्रेष्ठ विजयी भए । यसैगरी एमालेबाट सदस्य पदका उम्मेदवार शेख नसिम हुसेन विजयी भए ।

वडाध्यक्षमा निर्वाचित भएका खत्री अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्