जीतपुरसिमरा २० मा एमालेका उम्मेदवार अंसारी विजयी


eShilalekh

२ जेष्ठ २०७९, सोमबार १०:३३

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार रसुल मिया अंसारीको प्यानल विजयी भएको छ ।

नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका मिया पाँच सय ९० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका ईनरदेव राउत अहिले चार सय ९० मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रकाश चौधरीले चार सय ७५ मत प्राप्त गरे ।

अंसारीले एक सय मतान्तरको जित निकाल्दै दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका हुन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा अंसारी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्