कलैयामा एमालेको अग्रता कायमै, उपप्रमुखमा जसपा अगाडी


eShilalekh

२ जेष्ठ २०७९, सोमबार ११:४१

सिमराः कलैया उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विनोद साहले अग्रता कायमै राखेका छन् । हालसम्म प्राप्त मतपरिणाम अनुसार एमालेका साह तीन हजार पाँच सय ४३ मत प्राप्त गर्दै अग्रस्थानमा छन् ।

दोस्रो स्थानमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजेश राय यादवले दुई हजार ६० मत प्राप्त गरेका छन् । यादव भन्दा साह चार हजार ८३ मतले अगाडी छन् ।

यसैगरी उपप्रमुखमा गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीका उपप्रमुख उम्मेदवार प्रमोद गुप्ताले दुई हजार चार सय ६२ मतले अग्र स्थानमा छन् भने एमालेकी उम्मेदवार रौशन प्रविण दुई हजार दुई सय ५० मतले दोस्रो स्थानमा छिन् ।

कलैया उपमहानगरपालिकामा हालसम्म वडा नं. १ र २ को मतगणना सम्पन्न भईरहेको छ । जसमा वडा नं. १ मा एमालेका उम्मेदवार मोहन क्षेत्रीको प्यानल विजयी भएको छ भने वडा नं. मा नेपाली कांग्रेसका उम्मेदवार राजेश महतो मण्डल निर्वाचित भएका छन् । मण्डल वडाध्यक्षमा निर्वाचित हुँदा अन्य चार सदस्य एमालेबाट विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्