रौतहटमा सामूहिक जबर्जस्ती करणीको आरोपमा चार जना पक्राउ


eShilalekh

२३ असार २०८३, मंगलवार १४:२६

रौतहटः रौतहटको सदरमुकाम गौरस्थित एक होटलमा २२ वर्षीया युवतीलाई बन्धक बनाई सामूहिक जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय सन्तोषकुमार राउत तथा भारतीय नागरिकहरू मोहम्मद ताजुदिन, जितेन्द्र कुमार र हसमिन आलम रहेका छन् ।

आइतबार दिउँसो गौरस्थित होटल सुष्मा प्यालेसमा युवतीलाई बन्धक बनाएर सामूहिक रूपमा करणी भइरहेको विशेष सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले उनीहरूलाई घटनास्थलबाटै पक्राउ गरेको हो ।

पीडित युवतीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटले उनिहरुविरुद्ध जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पीडित युवतीको प्रादेशिक अस्पताल गौरमा स्वास्थ्य परीक्षण भइसकेको र घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै गम्भीरताका साथ थप अनुसन्धान अगाडि बढाईएको छ ।

प्रतिक्रिया दिनुहोस्