भारी वर्षापछि सिमराको सडक जलमग्न (तस्वीरहरु)

सिमराः वर्षाका कारण पथलैया–वीरगन्ज सडकखण्डअन्तर्गत सिमरा र जीतपुरको ६ लेन सडक शुक्रबार जलमग्न बनेको छ । अव्यवस्थित नाला र पानीको उचित निकासको अभावमा मुख्य सडक जलमग्न बनेको हो ।
वर्षाको समयमा सिमरा, जीतपुरका मुख्य सडक खोलासरह देखिन्थ्यो । सडकको बीचमा रहेको नालाबाट पानी निकास हुन नसकेका कारण प्रत्येक पटकको वर्षाको समयमा सडकबाटै पानी बग्ने गरेको छ । जसका कारण यात्रु र सवारी साधनले सास्ती खेप्नुपरेको छ ।
हेर्नुहा्स् वर्षाको समयमा सिमराको मुख्य सडकमा देखिएको दृश्य ।












