निजगढः प्रमुखमा गठबन्धन, उपप्रमुखमा एमालेलाई अग्रता


eShilalekh

२ जेष्ठ २०७९, सोमबार १४:०२

सिमराः निजगढ नगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । हालसम्म गणना भईसकेको तीन वटा वडाको मतपरिणामअनुसार गठबन्धनको तर्फबाट प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका सुरेश खनालले अग्रता कायम राखेका हुन् ।

गणना सम्पन्न भएको वडा नं. ११, १२ र १३ को मतपरिणाम अनुसार प्रमुख पदका उम्मेदवार खनालले दुई हजार दुई सय २२ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सुरथ पुरीले एक हजार नौ सय चार मत प्राप्त गरेका छन् ।

उपप्रमुख पदका भने एमालेकी उम्मेदवार थिङले दुई हजार ९ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार दंगालले एक हजार सात सय ९ मत पाएका छन् । उपप्रमुखमा थिङ तीन सय मतले अग्र स्थानमा छिन् ।

तीन वटा वडाको गणना भईसकेको निजगढमा अहिले वडा नं. ७, ८, ९ र १० को गणना जारी छ । गणना सम्पन्न भएको तीन वटै वडामा कांग्रेसले जीत हात पारेको छ ।

वडा नं. ११ मा सहिया गुरो थारु, वडा नं. १२ मा ज्ञानबहादुर गोले र वडा नं. १३ मा सुर्य घलान विजयी भईसकेका छन् । तीन वटै वडामा एमालेलाई दोस्रो स्थानमा राख्दै कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।
हालसम्म गणना भएको तीन वटै वडामा प्रमुख, उपप्रमुख र वडाध्यक्षले प्राप्त गरेको मतः
वडा नं. ११
सुरेश खनाल (गठबन्धन): ६३०
सुरथ पुरी (एमाले): ६९८
रविराज दंगाल (गठबन्धन): ४६२
सोममाया थिङ(एमाले): ७१९
वडाध्यक्ष उम्मेदवार
सहिया गुरो थारु (कांग्रेस) ६९०
बाबुराम स्याङतान (एमाले) ६८२

वडा नं. १२
सुरेश खनाल (गठबन्धन)ः ८२१
सुरथ पुरी (एमाले): ६२३
रविराज दंगाल (गठबन्धन): ६५८
सोममाया थिङ (एमाले): ६९१
वडाध्यक्ष उम्मेदवारः
ज्ञानबहादुर गोले (कांग्रेस): ८७१
युवक मोक्तान (एमाले): ६२२

वडा नं. १३
सुरेश खनाल (गठबन्धन): ७७१
सुरथ पुरी (एमाले): ५८३
रविराज दंगाल (गठबन्धन): ५८९
सोममाया थिङ (एमाले): ५९९
वडाध्यक्ष उम्मेदवारः
सुर्य घलान (कांग्रेस) ७७९
कमान सिंह (एमाले) ५८६

प्रतिक्रिया दिनुहोस्