जीतपुरसिमरा ५ मा कांग्रेसका चौधरीको प्यानल विजयी


eShilalekh

२ जेष्ठ २०७९, सोमबार १५:४९

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका ५ मा नेपाली कांग्रेसको वडाध्यक्षका उम्मेदवार दीपेन्द्र चौधरीको प्यानल बिजयी भएको छ ।

चौधरी ९ सय ६ मत प्राप्त गर्दै फराकिलो मतान्तरले वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका मोहित चौधरीले तीन सय ९२ मत प्राप्त गरे भने एमालेका बृजमोहन चौधरीले दुई सय ७२ मत प्राप्त गरेका छन् ।


यसैगरी उक्त वडामा कांग्रेसको तर्फबाट महिला सदस्यको उम्मेदवार पुनम देवी आठ सय ७५, विमलादेवी शर्मा आठ सय ६६ , इन्दल हजरा आठ सय १५ र ईश्वर चौधरी आठ सय तीन मत प्राप्त गर्दै विजयी भएका छन् ।

प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेसलाई अग्रता
जीतपुरसिमरा ५ मा नेकपा एमालेको तर्फबाट प्रमुख पदकी उम्मेदवार सरस्वतीदेवी चौधरीले ६ सय ६५ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार राजन पौडेलले चार सय एक मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुख पदमा नेपाली कांग्रेसकी मेघा शाहीले सात सय आठ र उपप्रमुखमा भोलाप्रसाद अधिकारीले तीन सय ८१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्