`हाइनान बीच तेक्वान्दो च्याम्पियनसिप´ खेल्न नेपाली तेक्वान्दो टोली चीन प्रस्थान


eShilalekh

१० श्रावण २०८३, आईतवार २२:३४

सिमरा: चीनको हाइनान प्रान्त स्थित सान्या सहरमा आयोजना हुन गइरहेको ‘हाइनान बीच तेक्वान्दो एलिट टुनामेन्ट’ मा नेपालका १४ जना खेलाडीले सहभागिता जनाउने भएका छन् ।  जुलाई २६ देखि ३० सम्म आयोजना हुने उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वबोर्ड सदस्य तथा अन्तर्राष्ट्रिय रेफ्री कुमार लामा घिसिङको नेतृत्वमा टोली चीन गएको हो । टोलीको मुख्य प्रशिक्षकमा १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता काजल श्रेष्ठले रहेकी छिन् ।

प्रतियोगितामा नेपाली खेलाडीहरूले क्योरुगी, ब्रेकिङ र पुम्से गरी तीन मुख्य विधामा प्रतिस्पर्धा गर्नेछन् । क्योरुगी महिलातर्फ दिपश्री तामाङ (३६ केजी), जोलिना बस्नेत (३८ केजी), हृदायणी बस्नेत (३४ केजी), पार्वती बस्नेत (७३ केजीमाथि), क्योरुगी पुरुषतर्फ लभयोग सुनुवार (४६ केजी), कुश योग सुनुवार (४६ केजी), सोहन पाठक (२८ केजी), सिर्जल ढकाल (६८ केजी), छुल्टिम लामा (८० केजी) सहभागिता जनाउनेछ्न् ।

यसैगरी ब्रेकिङ विधातर्फ पूजा क्षेत्री (महिला), राजकुमार लामा (पुरुष), पुम्से विधातर्फ एमी कार्की (१२ वर्षमुनि), अनुप शाक्य (१२ वर्षमुनि) र अनस्टिन पाण्डे (१० वर्षमुनि) ले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्