सुनसरी घटना: गृहमन्त्रीको राजीनामा माग गर्दै जनकपुरमा प्रदर्शन

सिमराः सुनसरीको कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक हिन्दू युवाको मृत्यु भएको घटनाको विरोध गर्दै जनकपुरधाममा प्रदर्शन भएको छ ।
हिन्दू सम्राट सेनाको आह्वानमा आयोजित विरोध प्रदर्शनका क्रममा जनकपुर बजार क्षेत्र बन्द गराइएको छ । प्रदर्शनकारीहरूले राजमार्गसहित विभिन्न चोकहरूमा टायर बालेर यातायात ठप्प पारेका छन् ।
उनीहरूले केही स्थानमा साइकल र मोटरसाइकल सञ्चालनमा समेत रोक लगाएका छन् ।
प्रदर्शनका दौरान प्रदर्शनकारीहरूले गृहमन्त्रीको राजीनामाको माग गर्दै चर्को नाराबाजी गरेका छन् भने जनकपुरका केही स्थानमा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडपसमेत भएको छ ।







