वीरगञ्जका विभिन्न क्षेत्रमा पुनः निषेधाज्ञा जारी


eShilalekh

१५ श्रावण २०८३, शुक्रबार १७:२२

वीरगञ्जः जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयानुसार साउन १५ गते साँझ ५ः०० बजेदेखि साउन १६ गते बिहान ६ः०० बजेसम्मका लागि उक्त निषेधाज्ञा आदेश जारी गरिएको हो ।

प्रशासनले तोकेको चार किल्ला क्षेत्रअन्तर्गत पूर्वमा प्रतिमा चोक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट रहेका छन्। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम तोकिएका यी क्षेत्रभित्र सभा, प्रदर्शन तथा आवागमन नियन्त्रण गर्न आदेश दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कडा कारबाही गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्