जीतपुरसिमरा ७ मा एमालेका गुप्ताको अग्रता


eShilalekh

२ जेष्ठ २०७९, सोमबार १९:२८

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ मा नेकपा एमालेका उम्मेदवार सुनिल गुप्ताले अग्रता लिएका छन् ।

हालसम्म गणना भएको कुल सात सय दुई मतमा गुप्ताले दुई सय ६६ मत प्राप्त गरेका हुन् । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका राजुराज गिरीले एक सय ७१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका मुगले आजम मंसुरले एक सय ४७ मत प्राप्त गरेका छन् । गिरी भन्दा गुप्ता ९५ मतले अग्र स्थानमा देखिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार गठबन्धनको प्रमुख पदका उम्मेदवार राजन पौडेलले एक सय ९७ प्राप्त गर्दा लोसपाका संजय साहले एक सय ८० र एमालेकी सरस्वतीदेवी चौधरीले एक सय २० मत प्राप्त गरेकी छिन् ।

यसैगरी उपप्रमुख पदका उम्मेदवार मेघा शाहीले एक सय ९९ मत प्राप्त गर्दा एमालेका भोलाप्रसाद अधिकारीले एक सय ६८ र लोसपाकी विपी मोक्तानले एक सय ४५ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्