जीतपुरसिमरा ८ मा एमालेका महतोको प्यानल विजयी


eShilalekh

३ जेष्ठ २०७९, मंगलवार ०२:५४

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका ८ मा नेकपा एमालेका उम्मेदवार शिवशंकर महतो कोईरीको प्यानल विजयी भएको छ । महतो आठ सय ४० मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक समाजवादी पार्टीका रामबाबु कुर्मीसंग एक सय ८७ को फराकिलो मतान्तरले जित हात पारेका हुन् । कुर्मीले ६ सय ५३ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार बदरी सहनी गोढीले चार सय ५५ मत प्राप्त गरेका छन् ।

उक्त वडामा एमालेको तर्फबाट महिला सदस्यको उम्मेदवार चन्दा चौधरी, दलित महिला सदस्य लक्ष्मीनीया देवी, सदस्य गंगा राउत कुर्मी र रुदल सहनी गोढी विजयी भएका छन् ।

प्रमुख र उपप्रमुखमा एमालेलाई बढी मत
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ८ बाट नेकपा एमालेका नगर प्रमुख र उपप्रमुख उम्मेदवारले बढी मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय दिएको जानकारी अनुसार एमालेको प्रमुख पदकी उम्मेदवार सरस्वती देवी चौधरीले आठ सय चार मत प्राप्त गरिन् ।

प्रमुख पदकै अर्का उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका संजय साहले ६ सय ३७, नेकपा माओवादी केन्द्रका राजन पौडेल तीन सय ४८ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार भोलाप्रसाद अधिकारीले आठ सय ४१ मत प्राप्त गर्दा लोसपाकी उपप्रमुख उम्मेदवार विपी मोत्तानले ६ सय ३८ मत पाएकी छिन् । यसैगरी कांग्रेसकी उपप्रमुख उम्मेदवार मेघा शाहीले चार सय ५४ मत प्राप्त गरेकी छिन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ८ को अन्तिम मतपरिणामः
नेकपा एमाले
प्रमुखः ८०४
उपप्रमुखः ८४१
वडाध्यक्षः ८४०
महिला सदस्यः ८४७
दलित महिला सदस्यः ८४५
खुल्ला सदस्यः ८१२
खुल्ला सदस्यः ८००

गठबन्धन
प्रमुख (माओवादी): ३४८
उपप्रमुख (कांग्रेस): ४५४

लोकतान्त्रिक समाजवादी पार्टी
प्रमुखः ६३७
उपप्रमुखः ६३८
वडाध्यक्षः ६५३
महिला सदस्यः ६५२
दलित महिला सदस्यः ६४६
खुल्ला सदस्यः ६५३
खुल्ला सदस्यः ६४७

नेपाली कांग्रेस
वडाध्यक्षः ४४५
महिला सदस्यः ४६२
दलित महिला सदस्यः ४६७
खुल्ला सदस्यः ४३५
खुल्ला सदस्यः ४०३

राष्ट्रिय प्रजातन्त्र पार्टी
प्रमुखः ३
उपप्रमुखः १०

प्रतिक्रिया दिनुहोस्