जीतपुरसिमरा १७ मा एमालेको प्यानल विजयी


eShilalekh

३ जेष्ठ २०७९, मंगलवार ०४:२६

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १७ मा नेकपा एमालेका उम्मेदवार भिम बहादुर गंतानको प्यानल विजयी भएको छ । गंतान एक हजार ८८ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार नवराज खड्कालाई दुई सय तीन मतको मतान्तरले पराजित गर्दै गंतान विजयी भएका हुन् । खड्का अघिल्लो स्थानीय अघिल्लो स्थानीय तह निर्वाचनमा गंतानलाई पराजित गर्दै निर्वाचित भएका थिए ।

उक्त वडामा एमालेको तर्फबाट महिला सदस्यको उम्मेदवार जानकी चौधरी, दलित महिला सदस्य कलिता देवी, सदस्य टंके थिङ र प्रदीप प्रसाद चौधरी विजयी भएका छन् ।

प्रमुख र उपप्रमुखमा एमालेलाई बढी मत
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ बाट नेकपा एमालेका नगर प्रमुख र उपप्रमुख उम्मेदवारले बढी मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय दिएको जानकारी अनुसार एमालेको प्रमुख पदकी उम्मेदवार सरस्वती देवी चौधरीले एक हजार २४ मत प्राप्त गरिन् । प्रमुख पदकै अर्का उम्मेदवार गठबन्धनका राजन पौडेलले ६ सउ ६६ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार भोलाप्रसाद अधिकारीले एक हजार ५७ मत प्राप्त गर्दा कांग्रेसकी मेघा शाहीले आठ सय ६० मत पाएकी छिन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ को अन्तिम मतपरिणामः
नेकपा एमाले
प्रमुखः १०२४
उपप्रमुखः १०५७
वडाध्यक्षः १०८८
महिला सदस्यः १०९४
दलित महिला सदस्यः १०४५
खुल्ला सदस्यः १०३०
खुल्ला सदस्यः ८००

गठबन्धन
प्रमुख (माओवादी): ६६६
उपप्रमुख (कांग्रेस): ८६०

नेपाली कांग्रेस
वडाध्यक्षः ८८५
महिला सदस्यः ८७४
दलित महिला सदस्यः ८५०
खुल्ला सदस्यः ८५८
खुल्ला सदस्यः ९३२

राष्ट्रिय प्रजातन्त्र पार्टी
प्रमुखः १०
उपप्रमुखः १२

लोकतान्त्रिक समाजवादी पार्टी
प्रमुखः ४
उपप्रमुखः ४

प्रतिक्रिया दिनुहोस्