पथलैया टाउन कपः निजगढ र चकरी बिजयी


eShilalekh

२३ श्रावण २०८३, शनिबार १९:११

सिमराः बाराको पथलैयामा जारी दोस्रो पथलैया टाउन कप अन्तर्गत शनिबार सम्पन्न खेलमा निजगढ र चकरी बिजयी भएका छन् । थानीमाई मन्दिर खेल मैदानमा भएको खेलमा निजगढले मिसन एकेडेमी र चकरीले गोल्डेन ब्वाईजलाई पराजित गरेको हो ।

पहिलो खेलमा निजगढले मिसन एकेडेमीलाई ४–२ ले पराजित गरेको हो । यसैगरी दोस्रो खेलमा चकरी फुटबल क्लबले गोल्डेन ब्वाइजलाई टाइब्रेकरमा २–१ ले हराएको हो । निर्धारित समयमा दुबै टिमले १–१ को बराबरी खेलेपछि नतिजा टाइब्रेकरबाट निकालिएको हो ।

प्रतियागिता अन्तर्गत आइतबार मधेस स्पोर्टस् र आरम्भ एफसीबीच पहिलो खेल हुनेछ भने दोस्रो खेलमा महेन्द्रनगर फुटबल क्लब र अल्लारे युवा क्लब भिड्नेछन् ।

पथलैया टाउन एफसीको आयोजनामा जारी सिक्स-ए-साइड फुटबल प्रतियोगितामा २२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्