पथलैया टाउन कपः योङ ब्वाईज र दुधौरा एफसी बिजयी


eShilalekh

२५ श्रावण २०८३, सोमबार २०:०३

सिमराः पथलैयामा जारी टाउन कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलमा योङ ब्वाईज र दुधौरा एफसी बिजयी भएका छन् । थानीमाई मैदानमा सम्पन्न खेलमा योङ ब्वाईज हुलासले पथलैया युनाटेडलाई र दुधौराले बुद्ध ब्वाईज डुमरवानालाई पराजित गरेको हो ।

पहिलो खेलमा योङ ब्वाईजले पथलैया युनाईटेडमाथि ३-१ को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसैगरी दोस्रो खेलको निर्धारित समयमा दुधौरा र बुद्ध ब्वाईजबीच १-१ को बराबरी भएपछि नतिजा टाईब्रेकरबाट निकालिएको हो । टाईब्रेकरमा दुधौराले बुद्ध ब्वाईजलाई ३-२ ले पराजित गरेको हो । दुधौरा प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । उसले अब आयोजक पथलैया टाउन एफसीसँग भिड्नेछ ।

प्रतियोगिता अन्तगर्त मंगलबार पहिलो खेलमा हुलास एफसी र औराह एफसी भिड्नेछन् भने दोस्रो खेल महेन्द्रनगर फुटबल क्लब र विकासशील भेट्रानबीच हुनेछ ।

पथलैया टाउन एफसीको आयोजनामा जारी सिक्स-ए-साइड फुटबल प्रतियोगितामा २२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्