पर्सामा लागूऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ

वीरगन्जः पर्सा प्रहरीले ठुलो परिमाणमा लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा देश भारत जिल्ला बेतिया ग्राम उजहरु परजिलवा भांगाहा श्रीनगर ३ का ५० वर्षीय सउरु चौधरीलाई रहेका छन् ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले सोनबर्षास्थित सडक छेउमा हिडिहेका व्यक्तिलाई रोकेर जाँच गरेको थियो ।
जाँचका क्रममा बोराभित्र लुकाई छिपाई राखेको अवस्थामा एक सय पाँच किलो लागूऔषध गाँजा बरामद भएको पर्साका प्रवक्ता एवम् प्रहरी प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए ।
गाँजासहित पक्राउ गरिएका चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







