पाण्डे निर्देशित ‘दि एभरेष्ट ड्रीम’ ले अमेरिकामा जित्यो बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड


eShilalekh

२७ श्रावण २०८३, बुधबार १३:१२

सिमराः वृत्तचित्र निर्देशक तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे निर्देशित वृत्तचित्र ‘दि एभरेस्ट ड्रीम’ ले अमेरिकाको जर्जियामा सम्पन्न १२औं कब्ब इन्टरनेसनल फिल्म फेस्टिभल २०२६ मा ‘बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड’ जितेको छ ।

उक्त फिल्म फेस्टिभलमा पाण्डेको यो तस्रो अवार्ड हो । यसअघि उनले सन् २०१७ र २०२२ मा पनि दुई वृत्तचित्रबाट दुई अवार्ड जितिसकेका छन् । यस जितसँगै निर्देशक पाण्डेले उक्त प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा आफ्नो अवार्डको ‘ह्याट्रिक’ पूरा गरेका छन् ।

पाण्डेले सन् २०१७ मा भाग्यले बाँचेकाहरुले बेस्ट डकुमेन्ट्री फिल्म, २०२२ मा को–हजब्याण्डले बेस्ट इन्टरनेशनल डकुमेन्ट्री र २०२६ मा द एभरेष्ट ड्रमीबाट बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड जित्न सफल भएका हुन् । अवार्ड जितेपछि खुसी व्यक्त गर्दै निर्देशक पाण्डेले एउटै अन्तर्राष्ट्रिय मञ्चमा तीनपटक सफलता पाउनु आफ्ना लागि अत्यन्तै गर्व र खुसीको क्षण भएको बताएका छन् ।

‘द एभरेस्ट ड्रीम’ स्कटल्याण्डका ट्रमाटिक ब्रेन इन्जुरी भोगेका व्यक्तिहरूको अदम्य इच्छाशक्ति र प्रेरणादायी यात्रामा आधारित छ। कुनै समय गम्भीर दुर्घटनामा परी जीवनसँग संघर्ष गरिरहेका यी पात्रहरूलाई डाक्टरहरूले फेरि राम्रोसँग हिँड्न, बोल्न वा सामान्य जीवन जिउन कठिन हुने बताएका थिए। तर हार नमानी उनीहरूले सगरमाथाको आधार शिविर (एभरेस्ट बेस क्याम्प) सम्म गरेको पदयात्रालाई पर्दामा उतारिएको छ ।

प्रतिक्रिया दिनुहोस्