जीतपुरसिमरा ७ मा एमालेका गुप्ताको प्यानल विजयी


eShilalekh

३ जेष्ठ २०७९, मंगलवार ०६:४६

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार सुनिल गुप्ताको प्यानल निर्वाचित भएको छ । प्यानलसहित जित हात पार्ने क्रममा गुप्ताले एक हजार ६ सय ४४ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक समाजवादी पार्टीका राजुराज गिरीले एक हजार दुई सय ९४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार मुगले आजम मंसुरले चार सय ६० मत प्राप्त गरेका छन् ।

उक्त वडामा एमालेका उम्मेदवार सिता उप्रेती, दलित महिला सदस्य ललिता देवी पासवान, सदस्य नविन मैनाली, महमद नुरुल्लाह अंसारी सदस्यमा निर्वाचित भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ को अन्तिम मतपरिणामः
नेकपा एमाले
प्रमुखः १३०२
उपप्रमुखः १४२५
वडाध्यक्षः १६४४
महिला सदस्यः १५९३
दलित महिला सदस्यः १५८४
खुल्ला सदस्यः १५२९
खुल्ला सदस्यः १५१४

गठबन्धन
प्रमुख (माओवादी): ५७९
उपप्रमुख (कांग्रेस): ६०३

लोकतान्त्रिक समाजवादी पार्टी
प्रमुखः १२९०
उपप्रमुखः ११९५
वडाध्यक्षः १२९४
महिला सदस्यः १२५२
दलित महिला सदस्यः १२४३
खुल्ला सदस्यः १२७७
खुल्ला सदस्यः १२८८

नेपाली कांग्रेस
वडाध्यक्षः ४६०
महिला सदस्यः ४६६
दलित महिला सदस्यः ५०९
खुल्ला सदस्यः ४३५
खुल्ला सदस्यः ३७६

राष्ट्रिय प्रजातन्त्र पार्टी
प्रमुखः १९
उपप्रमुखः ५९
वडाध्यक्षः १३
महिला सदस्यः १५
दलित महिला सदस्यः १४
सदस्यः २३
सदस्यः २२

स्वतन्त्रः गुलाब ३

प्रतिक्रिया दिनुहोस्