सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

सर्लाहीः सर्लाही प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार नेपाली रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका १२ का ५७ वर्षीय जगन्नाथ महतो कोइरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले भेल्हीबाट बयलबासतर्फ जाँदै गरेको ज १० प ८६५२ नम्बरको स्कुटरलाई रोकेर जाँच गरेको थियो ।
प्रहरीका अनुसार जाँचका क्रममा स्कुटरको डिकी, अगाडिको खट्टा राख्ने भाग तथा बोकेकोे कालो झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा स्रोत नखुलेको उक्त नेपाली रुपैयाँ बरामद गरिएको हो ।
बरामद रकम र स्कुटरसहित कोइरीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।







