भोजपुरी गायक प्रमोद जख्मीको नयाँ गीत ‘बरसात के मजा ल’ सार्वजनिक

सिमराः भोजपुरिया सांगीतिक क्षेत्रका लोकप्रिय युवा गायक प्रमोद जख्मीको नयाँ भोजपुरी गीत ‘बरसात के मजा ल’ सार्वजनिक भएको छ । यस गीतमा प्रमोद जख्मीलाई चर्चित गायिका शिल्पी राजले स्वरमा साथ दिएकी छन् ।
अटुट म्युजिक प्राइभेट लिमिटेडको प्रस्तुति रहेको यस गीतमा सोनु सरगमको शब्द तथा चमन सिंहको संगीत संयोजन रहेको छ । गीतको रेकर्डिङ र मिक्सिङको काम पनि अटुट म्युजिकमै गरिएको हो ।
सार्वजनिक भिडियोमा प्रमोद जख्मीका साथमा मोडल अम्बिका तिवारीको अभिनय र नृत्य देख्न सकिन्छ । पर्साको इन्दु झाबराह जंगल सफरी रिसोर्ट र अटुट म्युजिक स्टुडियोमा छायांकन गरिएको भिडियोको निर्देशन नवीन नेपालीले गरेका हुन् भने नृत्य निर्देशन डीप्लस डान्स एकेडेमीले गरेको छ।
निखिल सन्तोषको छायांकन र मनिष ठाकुरको सम्पादन रहेको यस भिडियोको कलर ग्रेडिङ दिल्लीका रोहित सिंहले गरेका छन् । अमेरिकामा बसोबास गर्दै आएका रमेश यादवको निर्माणमा तयार भएको यस गीतको व्यवस्थापन भने मलेसियामा रहेका बलिराम बेदर्दीले गरेका हुन् ।
वर्षाको मौसमलाई लक्षित गरी निर्माण गरिएको यस गीत र यसको भिडियोलाई दर्शक तथा श्रोताले रुचाउनेमा निर्माण पक्ष आशावादी रहेको छ । उक्त भिडियो यो समाचार तयार पार्दासम्म युटुयबमा १३ हजारले हेरेका छन् । उक्त गितको भिडियो टिकटकमा समेत भाइरल बनरिहेको छ ।
हेर्नुहोस् भिडियोः







