जीतपुरसिमरा १८ मा कांग्रेसका वाग्लेको प्यानल विजयी


eShilalekh

३ जेष्ठ २०७९, मंगलवार ०७:०९

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चर्तुर बाबु वाग्ले वडाध्यक्षमा निर्वाचित भएका छन् । चार सदस्यसहित जित हात पार्ने क्रममा वाग्लेले एक हजार दुई सय ७२ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका बसन्त खतिवडाले आठ सय ३८ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा माओवादी केन्द्रका शिवप्रसाद ढुंगानाले एक सय ७३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उक्त वडामा कांग्रेसका उम्मेदवार लक्ष्मी माया वाईवा, दलित महिला सदस्य अदरीदेवी चमारीन, सदस्य चेतबहादुर आलेमगर, रन्धिर चौधरी सदस्यमा निर्वाचित भएका छन् ।

जीतपुरसिमरा १८ बाट प्रमुख र उपप्रमुखलाई प्राप्त मतः
एमाले
प्रमुखः ८५२
उपप्रमुखः ८६२

गठबन्धन
प्रमुखः ९२२
उपप्रमुखः १२६२

लोसपा
प्रमुखः १८
उपप्रमुखः १४

राप्रपा
प्रमुखः २८
उपप्रमुखः २५

प्रतिक्रिया दिनुहोस्