जीतपुरसिमरा ९ मा लोसपाले खाता खोल्यो, यादवको प्यानल विजयी


eShilalekh

३ जेष्ठ २०७९, मंगलवार २२:४४

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका ९ मा लोकतान्त्रिक समाजवादी पार्टीका मोतिलाल राउत यादवको प्यानल विजयी भएको छ ।

लोसपाले पहिलो विजय प्राप्त गर्ने क्रममा यादवले ६ सय ११ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका भुदेव चौधरीले दुई सय ६७ मत प्राप्त गरेका छन् ।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्रप्रसाद चौधरीले दुई सय २१ र नेकपा माओवादी केन्द्रका उम्मेदवार लक्ष्मीकान्त प्यारेलाल चौधरीले दुई सय १७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उक्त वडामा लोकतान्त्रिक समाजवादी पार्टीका महिला सदस्य शोभादेवी सहनी, दलित महिला सदस्य शिव देवी, सदस्य निपिन्द्र चौधरी र महेश्वर चौधरी विजयी भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ९ को अन्तिम मतपरिणामः
नेकपा एमाले
प्रमुखः ३३९
उपप्रमुखः २८७
वडाध्यक्षः २६७
महिला सदस्यः २७७
दलित महिला सदस्यः २६६
खुल्ला सदस्यः २५६
खुल्ला सदस्यः २७५

गठबन्धन
प्रमुख (माओवादी): ३०६
उपप्रमुख (कांग्रेस): २८७

लोकतान्त्रिक समाजवादी पार्टी
प्रमुखः ५६८
उपप्रमुखः ५७५
वडाध्यक्षः ६११
महिला सदस्यः ६००
दलित महिला सदस्यः ६०९
खुल्ला सदस्यः ५९९
खुल्ला सदस्यः ५८२

नेपाली कांग्रेस
वडाध्यक्षः २२१
महिला सदस्यः २१७
दलित महिला सदस्यः २१८
खुल्ला सदस्यः २२७
खुल्ला सदस्यः २१४

नेकपा माओवादी केन्द्र
वडाध्यक्षः २१७
महिला सदस्यः २१२
दलित महिला सदस्यः २१२
खुल्ला सदस्यः २००
खुल्ला सदस्यः १९८

राष्ट्रिय प्रजातन्त्र पार्टी
प्रमुखः ११
उपप्रमुखः १८

प्रतिक्रिया दिनुहोस्