जीतपुरसिमरा १० मा नेकपा एसले खाता खोल्यो, संजय पटेल विजयी


eShilalekh

३ जेष्ठ २०७९, मंगलवार २२:५७

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १० मा नेकपा एकिकृत समाजवादी पार्टीका उम्मेदवार संजय पटेल विजयी भएका छन् ।

जीतपुरसिमरामा खाता खोल्ने क्रममा पटेलले ६ सय ७९ मत प्राप्त गर्दै जित हात पारेका हुन् । उनका निकटतम प्रतिद्धन्दी सरोज कुमार राउतले ६ सय २६ मत प्राप्त गरेका छन् । पटेलले ५३ मतको मतान्तरले जित हात पारेका हुन् ।

उक्त वडामा एकिकृत समाजवादीका सदस्य उम्मेदवार गरिब महतो धानुक, रमझरिया मलाहिन, सकुलिया सरभगनी र लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतो धानुक विजयी भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १० को अन्तिम मतपरिणामः
नेकपा एमाले
प्रमुखः ४३१
उपप्रमुखः ४३३
वडाध्यक्षः ४३४
महिला सदस्यः ४३६
दलित महिला सदस्यः ४३६
खुल्ला सदस्यः ४४१
खुल्ला सदस्यः २३१

गठबन्धन
प्रमुख (माओवादी): १२६
उपप्रमुख (कांग्रेस): १२३

नेकपा एकिकृत समाजवादी
वडाध्यक्षः ६७९
महिला सदस्यः ६७७
दलित महिला सदस्यः ६७२
खुल्ला सदस्यः ६६०

लोकतान्त्रिक समाजवादी पार्टी
प्रमुखः ६४७
उपप्रमुखः ६४२
वडाध्यक्षः ६२६
महिला सदस्यः ६२१
दलित महिला सदस्यः ६२५
खुल्ला सदस्यः ६२५
खुल्ला सदस्यः ६२४

राष्ट्रिय प्रजातन्त्र पार्टी
प्रमुखः ३
उपप्रमुखः ५

प्रतिक्रिया दिनुहोस्