सप्तरीमा हराएकी दुई वर्षीया बालिका मृत फेला, एक जना पक्राउ

सिमराः सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया नाबालिकाको हत्या भएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
शम्भुनाथ नगरपालिका ३ का मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आइतबार बिहान घरबाट अचानक हराएकी थिइन् ।
हराएको करिब दुई घण्टापछि उनको शव घरको पछाडिपट्टि रहेको झाडीमा मृत अवस्थामा फेला परेको सप्तरीका प्रहरी प्रमुख एसपी रूपक खड्काले जानकारी दिएका छन् ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । विस्तृत विवरण तथा थप तथ्यहरू अनुसन्धान पश्चात सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।







