नारायणी अस्पतालबाट एक दिने नवजात शिशु चोरी

वीरगन्जः वीरगन्जस्थित नारायणी अस्पतालबाट एक दिने नवजात शिशु चोरी भएको छ ।
आइतबार राति करिब ३५ वर्षीया एक अपरिचित महिलाले बच्चा खेलाउने बहानामा शिशुकी हजुरआमालाई झुक्क्याएर फरार भएको पर्सा प्रहरीले जनाएको छ ।
पर्सा प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा ती महिलाले बच्चा खेलाउने भन्दै मागेपछि शिशु लिएर बेपत्ता भएको खुलेको हो ।
सर्लाहीको रामनगर गाउँपालिका ३ बहुअर्वाकी रिन्कु देवीले शल्यक्रियामार्फत शनिबार राति करिब ११ बजे बालकलाई जन्म दिएकी थिइन् ।
अस्पतालबाट नवजात शिशु चोरी भएको सूचना प्राप्त हुनासाथ प्रहरीले खोजी तथा अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ ।







